गण्डकी प्रदेशमा थपिए  १५ जना कोरोना संक्रमित 

काठमाडौँ । गण्डकी प्रदेशका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।

गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँको ब्यास नगरपालिकाका एकजना पुरुष, ऋषिङ गाउँपालिकाका ३ जना पुरुष र भानु नगरपालिकाका एकजना पुरुष छन् ।

Advertisement

त्यस्तै,संक्रमण पुष्टि हुनेमा पर्वतको फलेबास र महाशिला गाउँपालिकाका २ जना पुरुष र बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका २ जना पुरुष रहेका छन । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयले जनाएअनुसार स्याङजा भिरकोट नगरपालिकाका एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगैं गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको छ ।

More News last news
Loading...