काठमाडौँ । भारतको सीमा रक्षामा खटिएका गोरखा जिल्ला घर भएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।
जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलाबारीमा हबलदार सम्बर गुरुङको मृत्यु भएको हो।
उनको घर गोरखा जिल्ला रहेको भारतीय सेनाले पुष्टि गरेको छ। घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिको भारतीय सेनाले जनाएको छ।
युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान १ बजेतिर पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सेनाको दाबी छ। हबलदार गुरुङ जम्मु कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
