सिन्धुपाल्चोकका लागि सभामुखलाई लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे तर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सिन्धुपाल्चोक सापकोटाको गृह जिल्ला हो ।

Advertisement

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरु भएकाले मौसम झनै प्रतिकूल बनेको छ । यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको बुझिएको छ ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।

More News last news
Loading...