नेपालमा थप २५५ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा मात्रै २३ जना

काठमाडौँ । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै २३ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

Advertisement

योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ। प्रवक्ता डा गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए।

यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ। बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन्।

सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो।

More News last news
Loading...