नेपाली पाइलटले चलाएको जहाज फिलिपिन्समा भयो दुर्घटना

काठमाडौं । तालिमका रुपमा जहाजमा रहेर प्रशिक्षकसँगै एक नेपाली विदार्थी पाइलटले उडाएको जहाज दुर्घटना भएको छ ।

मंगलबार फिलिपिन्समा पाइलट तालिममा प्रयोग हुने जहाज दुर्घटनामा परेको हो । फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाजको इन्जिल फेल भएको थियो । इन्जिन फेल भएसँगै जहाज दुर्घटनामा परेको हो । जहाजलाई पाइलटले आपतकालिन अवतरणका लागि समुन्द्रमा झार्ने प्रयास गर्दा दुर्घटना भएको हो ।

Advertisement

उक्त जहाजमा ४ जना सवार थिए । भारतीय प्रशिक्षक पाइलटले उडाएको जहाजमा एक भारतीय, एक नेपाली र अर्का एक जना फिलिपिनी पाइलट रहेका थिए । उनीहरु सबै जनालाई समुन्द्रबाट तत्काल निकालिएको र सबै जना सकुशल रहेको जनाइएको छ ।

More News last news
Loading...