काठमाडौं । नेपाल एयरलाइन्सका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एयरलाइन्सका तीन जना पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीन जना पाइलट रहेका छन् । संक्रमितहरु सोल्टी होटलमा क्वारेन्टाइनमा बस्दै आइरहेको छन् ।
एयरलाइन्सलाई सरकारले विदेशमा रहेका नेपालीलाई उद्धार गरिरहेको छ । एयरलाइन्सले पाइलट र कर्मचारीलाई सोल्टी होटलमा कोठा बुक गरेर राखेको छ ।
एयरलाइन्सले जापान, अष्ट्रेलिया, कोरिया मलेसिया लगायतका देशबाट विचल्लीमा परेका नेपालीहरुको उद्धार गरिरहेको छ । यसअघि हिमालयन एयरलाइन्सका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
