बागलुङ र तनहूँमा संक्रमित थपिए, गण्डकीमा कुल १०९१ पुगे संक्रमित

पोखरा। बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ ।

Advertisement

यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ ।संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् ।

More News last news
Loading...