काठमाडौं । कोरोना कहरका बीच सामाजिक सञ्जालमा रोचक खबरहरु सार्वजनिक हुने गरेका छन्। विश्वव्यापी रुपमा मानव जाति अहिले कोरोना विरुद्धको संर्घषमा छ। कोरोनाको औषधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
यो घातक भाइरसबाट बच्न मानिसहरुले अनेक उपाय अपनाईरहेका छन्। संक्रमण रोकथामका लागि मानिसहरुले गरेका कतिपय प्रयाशहरु भने निकै अनौठा पनि छन्। भारतीय सामाजिक सञ्जालमा एउटा व्यक्तिले सुनको मास्क लगाएको तस्विर अहिले निकै भाइरल बनेको छ।
ती व्यक्ति भारतको महाराष्ट्रस्थित पुणे जिल्लाका शंकर कुराडे हुन। उनले कोरोना रोकथाममा प्रभावकारी हुने भन्दै सुनको मास्क बनाएर लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचारका अनुसार मास्कमा साना साना प्वालहरू पनि छन् जसले सास फेर्न कुनै समस्या नहोस् भनेर त्यस्तो गरिएको हो।
ती व्यक्ति सुनका गहनाका निकै सौखिन छन्। उनले हरेक ३ किलो सुनका गरगहना लगाएर हिड्ने गरेको समाचारमा जनाइएको छ। ती व्यक्तिलेनै सुनको मास्क पनि बनाएका हुन। ५० ग्रामभन्दा बढि सुनको रहेको उक्त मास्कको मूल्य २ लाख ८९ हजार (भारु) पर्ने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
