ओलीले मुलुकलाई दुर्घटना तर्फ धकेले : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात संसद अन्त्य गरेर मुलुकलाई दुर्घटना तर्फ धकेल्न खोजेको बताएका छन् ।

नेपाली कांग्रेस पूर्व सभापति एवं प्रधानमन्त्री स्वार्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा व्यास १ भादगाउँ स्थित निर्मल माविको परिसरमा गरेको बृक्षारोपण कार्यक्रममा नेता पौडेलले संक्रमणको घडीमा पनि सरकार भ्रष्टचारमा लिप्त हुनु अत्यन्त दुर्भाग्य भएको र सरकारले गरेका भ्रष्टचारका विषयमा खबरदारी गर्नुपर्ने बेला आएको समेत वरिष्ठ नेता पौडेलको भनाई थियो ।

Advertisement

संघ तनहुँको आयोजनामा जिपिको ९६ औं जन्मजन्ती भएकाले ९६ वटा विरुवा रोपण गरी जन्मजन्ती मनाएको नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनालले बताए । बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य धुव्र वाग्ले, नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने,सचिब विश्व बास्तोला, नेविसंघ जिल्ला उपाध्यक्ष सन्तोष घिमिरे, सचिब विमल गिरी लगायतले गिरिजाप्रसाद कोइरालाको जीवनी र नेपाललाई गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।

यस्तै, ब्यास १ बिज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा क्वारेन्टाइनमा रहेकाहरुलाइ भिमाद नगरपालिका निवासी हाल कतारमा कार्यरत त्रिभुवन सेनले दश हजार बराबरको खाद्यान्न ने बि संघ को पहलमा उपलब्ध गराइ वरिष्ठ नेता पौडेलले हस्तान्तरण गरेका थिए ।

More News last news
Loading...