काठमाडौँ । नेपालमा शुक्रबार बिहानै ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ४ जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा नवलपुर (नवलपरासी पूर्व) मा १९, तनहुँमा ९, पर्वतमा ३, बागलुङमा एक रहेका छन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएकाे छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
