राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

Advertisement

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुगेका थिए।

अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ।

More News last news
Loading...