बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड-१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ।
यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ।
अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पंजीकरण भएको जानकारी दिए। यद्यपि, उनले भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन् किनभने यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
