काठमाडौं । गायक सन्तोष के.सी.ले जनचेतनामुलक तीज गीत ‘बुवा आमा’ सार्बजनिक गरेका छन् ।
स्वयंम केसीको लय, शब्द र संगीत रहेको ‘बुवा आमा’ बोलको गीतले परिवारमा दाजु भाई, देहुरानी र जेठानीको झगडाले जन्म दिने बुवा आमाले बुढेसकालमा पाउने दुखलाई प्रस्तुत गर्न खोजिएको छ ।
गीतमा केसी सहित राधिका हमाल, तृप्ती खड्का र रमेश के.सी.को स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा किरण के.सी. (रातामकै), लक्ष्मी गिरी, सुरेन्द्र के.सी. अञ्जु महर्जन, पल्पसा डंगोल, याम बहादुर कुबँरको अभिनय रहेको छ ।
गीतलाई सन्तोष केसीले आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । के.सी.ले यसअघिका तीजमा यस्तै जनचेतनामुलक गीत पस्कदै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
