काठमाडौं । नेपाली काँग्रेस प्रतिनिधि सभाकी सांसद ज्ञान कुमारी छन्त्यालको निधन भएको छ ।
६६ बर्षीय छन्त्यालको उपचारको क्रममा गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र काठमाडौंमा उनको निधन भएको हो ।
वाग्लुङको तमानखोला गाउँपालिका वडा नम्वर ५ खुंखानीमा जन्मिएकी छन्त्याल २०७० सालको संबिधान सभा निर्बाचनमा वाग्लुङ जिल्ला क्षेत्र नं ३ बाट निर्बाचित भएकी थिईन् ।
हाल उनी समानुपातिकबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य बनेकी थिईन् । मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् ।
उनका २ छोरा र २ छोरी रहेका छन् । उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
