स्याङ्जाली चेली साहित्यकार तर्कना शर्मालाई प्रादेशिक प्रतिभा पुरस्कार

काठमाडौं । साहित्यकार तर्कना शर्मा सहित स्याङ्जाका ३ जनालाई संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

मन्त्रालयले विभिन्न विधामा प्रत्येक बर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार अन्तर्गत स्याङ्जाकी साहित्यकार तर्कना शर्मा सहित प्रा.डा. ज्ञानबहादुर कार्की, महेश आचार्यलाई प्रदान गर्ने भएको हो । भाषा साहित्य विधा तर्फ गण्डकी प्रदेशबाट सम्मानित हुन लागेकी शर्माले यसअघि थुप्रै सम्मान हात पारिसकेकी छिन् ।

Advertisement

भाषा साहित्यको माध्यमबाट नेपाली साहित्य जगतमा महत्वपूर्ण योगदान पुर्‍याएवापत शर्मालाई सम्मान गर्न लागिएको हो । कविता, गीत, र साहित्यमा रुची राख्ने शर्माको पछिल्लो उपन्यास ‘जेब्राक्रस’ लोकप्रिय छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा जन्मिएकी शर्मा यसअघि विश्वनारी नेपाली साहित्यपदक, तिलाकुमारी साहित्य सम्मान लगायतका थुप्रै सघं संस्थाबाट सम्मानित भइसकेकी छिन् । मन्त्रालयले सार्बजनिक गरेको सूचीमा उनको ठेगाना कास्की उल्लेख गरिएपनि उनको स्थायी ठेगाना भने स्याङ्जा हो ।

उनीसँगै गण्डकी प्रदेशको स्याङजा जिल्लाबाट संस्कृत विद्यातर्फ प्रा.डा. ज्ञानबहादुर कार्की र ललितकला विद्यातर्फ महेश आचार्य सम्मानित हुन छन् । कार्कीले संस्कृती विद्या र अचार्यले कलाको माध्यममा योगदान पुर्‍याएवापत सम्मान गर्न लागिएको हो । उनीहरु सबैलाई प्रादेशिक पुरस्कार अन्तर्गत सम्मान गर्न लागिएको हो ।

यसैगरी राष्ट्रिय पुरस्कार अन्तर्गत सांस्कृतिक विद्यामा बुद्धिनारायण श्रेष्ठ (काठमाडौं), भाषा साहित्य तर्फ प्रा.डा. दयाराम श्रेष्ठ (काठमाडौं), ललितकला विद्यातर्फ श्यामलाल श्रेष्ठ (काठमाडौं), संगीत तथा नाट्य विद्या तर्फ सत्यनारायण चौधरी (सिरहा) लाई छनौैट गरेको छ ।

यसैगरी, २०७६ सालको भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट जाजरकोटका नवराज वि.क. लाई मरणोपान्त पुरस्कार प्रदान गरिने भएको छ । उनी सँगै सोही विद्यामा त्रिभुवन चन्द वाग्ले (तनहुँ) र तिकल परियार (बाँके) लाई पनि सम्मानित हुने छन् । राष्ट्रिय पुरस्कारको राशी एक लाख रुपैयाँ र प्रादेशिक पुरस्कारको राशी ५० हजार रहेको छ ।

सम्मानित हुने अन्यको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

More News last news
Loading...