काँग्रेस पदाधिकारी बैठक आइतबार बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिए ।

Advertisement

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो।

काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो।

काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

More News last news
Loading...