नेपालका ७७ जिल्लामै फैलियो कोरोना सङ्क्रमण, १२ हजार नाघे संक्रमित

काठमाडौँ । नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर कोरोना फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको हो। रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन्।

Advertisement

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ।

यसैबीच कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र उनमा सङ्क्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

More News last news
Loading...