चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो।
चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका बेला नै ती व्यक्तिमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै सीएमसीले उनलाई भरतपुरको सरकारी अस्पतालमा पठाएको थियो।
भरतपुर अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीले शनिबार बिहान ७ बजे ती व्यक्तिको निधन भएको जानकारी दिए।
भरतपुर अस्पतालका चिकित्सक डा प्रमोद पौडेलका अनुसार संक्रमित व्यक्तिमा अन्तिम अवस्थाको फोक्सोको क्यान्सर थियो। उनलाई खोक्दा पनि रगत आउने समस्या रहेको डा पौडेलले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
