अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा फेरि देखियो कोरोना संक्रमण

मेलबोर्न । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरसबाट संक्रमित देखिएको भन्दै शुक्रबार स्वास्थ्यकर्मी व्यापक परिचालन गरेर परीक्षण आरम्भ गरिएको छ।

गएराति मेलबोर्नमा कोविड–१९ का नयाँ ३० जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियामा कोरोनाभाइरस प्रसारको दोस्रो लहर आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विगतमा अस्ट्रेलियाले कोविड–१९ को रोकथामका लागि निकै सफल मानिएको थियो।

Advertisement

मेलबोर्नमा विगत १० दिनदेखि कोरोना संक्रमितको संख्यामा लगातार दुई अंकको वृद्धि देखिएको छ । छिमेकी भिक्टोरिया राज्यमा पनि यही अवस्था छ । तर अस्ट्रेलियाका अरु राज्यमा केही हप्तादेखि कोरोना संक्रमितको संख्या नगण्य मात्र छ ।

सरकारले गएको सप्ताहान्तदेखि मेलबोर्नका अति प्रभावित क्षेत्रमा झण्डै २०० सैनिक परिचालन गरेको छ । उनीहरुले कोरोनाभाइरसको परीक्षणमा स्वास्थ्यकर्मीहरुलाई मद्दत गरिरहेका छन् । स्वास्थ्यकर्मीहरु मानिसका घरघरै गएर स्वास्थ्य परीक्षणमा जुटेका छन्।

अस्ट्रेलियाली सेनाले परीक्षणमा सघाउन शुरुमा एक हजार सैनिक खटाउने घोषणा गरेको थियो। सैनिकलाई विदेशबाट फर्केहरु दुई साताको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियमको पालना भए नभएको रेखदेख गर्ने जिम्मेवारी पनि दिइएको छ। तर राज्य सरकारले सेनाको संख्या कटौती गरी २०० मा झारेको छ।

More News last news
Loading...