पछिल्लो २४ घण्टामा थपिए ४३४ संक्रमित, कुल २६५० जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परीक्षणमा २४ घण्टामा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जना महिला र २९३ पुरुष गरी ३१२ डिस्चार्ज भएका छन् ।

यो सँगै डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको छ ।

More News last news
Loading...