नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, आजमात्र २ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएका ब्यक्ति चितवनका रहेको उनको केही महिना अगाडि मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Advertisement

उनमा कोरोना संक्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको थियो ।

More News last news
Loading...