तनहुँमा थप ९ जनामा कोरोना, गण्डकी प्रदेशमा ७६७ पुग्यो संक्रमितको संख्या

काठमाडौं । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार तनहुँमा ९ जना र नवलपरासी पूर्वका ५ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

निर्देशनालयका अनुसार तनहुँका म्याग्दे गाउँपालिकाका ७ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, नवलपरासी पूर्वको बिजय त्रिवेणी गाउँपालिकाका ५ जनामा कोरोना देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २ जनाले ज्यान गुमाईसकेका छन् ।

More News last news
Loading...