काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
