काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन् । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो ।
यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
