बलिउडका भिलेन, जसले अभिनयका लागि छोडे २१ वर्षको जागिर

अग्लो कद, खतरनाक आवाज र दमदार व्यक्तित्वमार्फत् वर्षौंसम्म फिल्म प्रेमीको मनमा डर पैदा गर्ने अभिनेता थिए अमरिश पुरी।

उनले थुप्रै फिल्ममा खतरनाक भिलेनको भूमिका निभाइसकेका छन् । अमरिश पुरी पर्दामा जब हिरोसँगै देखिन्थे तब उनका अगाडि हिरो नै फिक्का देखिन्थे । आज बलिउडका तिनै मोग्याम्बोको जन्म जयन्ती हो। उनले १५ वर्ष अघि यो संसारलाई बिदा गरिसकेपनि आफ्नो शानदार अभिनयका कारण उनी आज पनि मानिसहरुको मनमा जिउँदो छन् ।

Advertisement

सिमरनका ‘बाबूजी’ वा मिस्टर इन्डियाका ‘मोग्याम्बो’‘ अमरिश पुरीले आफ्नो जीवनमा थुप्रै अविष्मरणीय भूमिका निभाए। उनलाई बलिउडका सबैभन्दा ठूला भिलेनको रुपमा चिनिन्थ्यो। आज उनको जन्मदिनको मौकामा उनीबारे केहि जानकारी लिऔं। अमरिश पुरीले बलिउडमा आउनुअघि आफ्नो जीवनको लगभग दुई दशक बीमा कम्पनीलाई दिएका थिए। उनले दुई दशकसम्म एक बीमा कम्पनीका कर्मचारीको रुपमा काम गरेका थिए।

यस्तै आफ्नो २१ वर्षको जागिर उनले बलिउडमा आउन र आफ्नो अभिनयप्रतिको प्रेमका लागि छोडिदिएका थिए। उनलाई थिएटरको शौक निकै अघिदेखि थियो तर कुनै विशेष काम पाउन सकेका थिएनन्। तर एकदिन अचानक उनले नाटकमा अभिनयको मौका पाए। त्यसपछि उनी चर्चित थिएटर आटिस्टको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भए। यससँगै उनले लेखक तथा निर्देशक सत्यदेव दुबेको सहायकको रुपमा काम गरे।

अमरिश पुरीले सन् १९७१ मा फिल्ममा पहिलो ब्रेक पाए। त्यसै वर्ष उनको फिल्म ‘रेशमा र शेरा’ आयो र यसमा अमरिश पुरीले अभिनयका लागि अत्यधिक प्रशंसा पाए। त्यसपछि अमरिश पुरीले कहिले पनि पछाडि फर्केर हेरेनन् । उनी क्रमशः खलनायकको दुनियाँमा एक अमर पात्र बने । उनको डायलग ‘मोग्याम्बो खुस हुवा’ बच्चादेखि वृद्धसम्मको मुखमा झुण्डियो।

More News last news
Loading...