तनहुँमा १७ र स्याङ्जामा ९ जना सहित गण्डकी प्रदेशमा थपिए ५३ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका ८ जिल्लामा एकैपटक ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले एक बिज्ञप्ती जारी गर्दै ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

Advertisement

निर्देशनालयका अनुसार तनहुँमा १७, गोरखामा, स्याङ्जामा ९, वाग्लुङमा ८, लमजुङमा ५ र पर्वत, नवलपुर र कास्कीमा एक/एक जनामा गरी कुल ५३ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ९३ पुगेको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

More News last news
Loading...