काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि त्रास छाएको छ । कोरोनाको त्रासले विदेश र शहर केन्द्रित रहेकाहरु गाउँ फर्क थालेका छन् ।
यस्तै बिषयबस्तुमा चर्चित लोक तथा दोहोरी गायक एवं सर्जक शिव हमालले ‘साइँला दाई’ बोलको गीत बजारमा ल्याएका छन् । हमाल सहित तुलसा जिसी, चोलेन्द्र पौडेल, पार्वती जिसी, घनश्याम रिजाल र ज्योति लोहनीको आवाज रहेको गीतले जहाँ, जसरी बसेपनि समस्या परेको बेलामा आफ्नो गाउँ नै प्यारो हुने सन्देश दिन खोजेको छ ।
केहि समयअघि नाकाबन्दी र भूकम्पका बेला समेत आफ्नो गाउँ-ठाउँ नै प्यारो भएको र अहिले कोरोना त्रासमा पनि धेरै नेपालीहरु आफ्नो गाउँमा फर्कनुपरेको भन्दै सदैव आफ्नो गाउँलाई माया गर्नुपर्ने लगायतका बिषयबस्तुलाई सर्जक हमालले उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन् ।
कास्कीको कास्कीकोटका विभिन्न मनोरम दृश्यहरु समेटिएको गीतको भिडियोलाई हमालको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
