स्याङजा र नवलपरासी पूर्वमा थपिए २० नयाँ संक्रमित 

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४०

काठमाडौं । सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

स्याङजाका १२ जना संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकाका १० जना र कालीगण्डकी गाउँपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना संक्रमित बौद्धिकाली गाउँपालिकाका रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुुगेको छ ।

More News last news
Loading...