डा. संग्रौलासहित तीन जना सांसदद्वारा महिला हिंसाबारे ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलासहित तीन सांसदहरुले महिला हिंसाका घटना देशभर बढेको भन्दै संसद सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्।

सांसद संग्रौलासहित प्रमिला राई र हिरा गुरुङले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७२ बमोजिम देहायको जरूरी सार्वजनिक महत्वको विषयमा माननीय गृह मन्त्रीको ध्यानाकर्षण गर्न लकडाउनको अवधिमा महिला हिँसा र बलात्कारको घटना बढेको आँकडासहित संसद आइतबार ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन्।

Advertisement

प्रस्तावमा लकडाउनको अवधिमा देशभर २७४ बलात्कारका घटना भएको, ६२ वटा घण्टा बलात्कार गर्न खोजिएका रहेको र ३५ घटना बालबालिकाहरुमाथि यौन हिंसा भएको उल्लेख गरिएको छ।

साथै प्रस्तावमा अहिले देशभरमा रहेका क्वारेन्टाइनमा महिलाको विशेष सुरक्षा व्यवस्था गर्ने, डब्लुएचओको मापदण्ड अनुसार क्वारेन्टाइन बनाउने, पिडितलाई छिटो न्याय दिलाउन फास्ट ट्रयाकबाट फैसला गर्ने व्यवस्था मिलाउन माग समेत गरीएको छ।

More News last news
Loading...