दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गृहजिल्ला तनहुँमा आज स्वास्थ्य सामग्री पठाएका छन् । कोरोनाका सङ्क्रमित थपिनेक्रम जारी रहेपछि पूर्वमन्त्री भण्डारीले आज विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।
उनले एक हजार ८०० थान मास्क, ६०० थान पञ्जा, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) र १० लिटर स्यानिटाइजर जिल्ला पठाएको नेपाली काँग्रेस व्यास नगर समितिका सहसचिव डम्बरबहादुर अधिकारीले जानकारी दिए ।
पछिल्लो समयमा क्वारेन्टिनमा स्वास्थ्य सामग्रीको अभाव हुँदै गइरहेको र कोभिड–१९ को नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाएको पूर्वमन्त्री भण्डारीले बताए।
यसअघि उनले जिल्लाका १० वटै स्थानीय तहमा करिब रु तीन लाख बराबरको स्वास्थ्य सामग्री र रु एक लाख नगद सहयोग गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
