नेपालमा कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो 

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी जिल्ला छत्रकोट गा.पा. वडा नं ५ का निवासी  ६९ बर्षीय एक बृद्धको मृत्यु भएको जनाएको छ ।

Advertisement

उनी प्यारालाइसिस उपचारका लागि भारत गएर फर्केका थिए । यो सँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या २३ पुगेको छ ।

हालसम्म नेपालमा ९ हजार वढी संक्रमित छन् भने १७७२ जना उपचारपछि निको भएका छन् ।

 

More News last news
Loading...