काठमाडौं । गण्डकी प्रदेशका स्याङ्जा जिल्लामा १० जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङ्जाका चापाकोट र गल्याङ नगरपालिकामा १० जना, बाग्लुङका गल्कोट नगरपालिका र वडिगाउँ गाउँपालिकामा गरी ५ जना, कास्कीको पोखरा महानगरपालिकामा एक र मादी गाउँपालिकामा एक गरी २ जना, नवलपरासी पूर्वको गैडाकोट नगरपालिकामा १ जना र तनहुँको व्यास नगरपालिकामा एकजना गरी कुल १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सबैजना भारतबाट नेपाल आएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२३ पुगेको छ ।
आइतबार बिहान मात्र गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
