‘भारतले नेपाली सैनिकलाई चीनसँगको युद्धमा प्रयोग नगरोस्’

काठमाडौँ । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन्। यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गरेका छन्।

शनिबार एक विज्ञप्तिमार्फत विप्लवले नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपील गरेका छन्।

Advertisement

गलवान उपत्यकामा चीन भारतबीचको सीमा विवादका कारण भीडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसले गोर्खा रेजिमेन्टलाई सिमाना पठाउने तयारी देखिन्छ तर दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्कोका विरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन।’ विप्लवले यो असलग्न राष्ट्रहरुको अबलम्बन गरेको सिद्धान्त विरुद्ध रहेको पनि बताएका छन्।

More News last news
Loading...