नेपाल थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ।

Advertisement

जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन्। आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए।

यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए।

More News last news
Loading...