काठमाडौँ। काठमाडौँको डिल्लीबजार चारखालस्थित कारागारको पुरानो भवन भत्किएको छ। शुक्रबार साँझ डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन भत्किएको हो।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त कारागारको पुरानो भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको प्रहरीले बताएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
भवन भत्किँदा केहीबेर सडक अवरुद्ध भएको र एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
