दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा मागेको छ । साथै अन्य सरकारी तथा निजी अस्पतालहरुलाई प्रतिष्ठानबाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गरिदिन पनि अनुरोध गरिएको छ।
अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो। उनीहरु दुई महिला र दुई पुरुष हुन्।
कायम मुकायम रजिष्ट्रार देवका अनुसार संक्रमितहरु सबै प्रतिष्ठानको सम्पर्कमा छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
