काँग्रेस नेता पौडेद्वारा जीपी श्वासप्रश्वास केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सो केन्द्रलाई उनले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेका हुन् ।

Advertisement

केन्द्रीय सदस्य पौडेलले उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्दै स्वास्थ्यकर्मीको हौसला बढाउन स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. श्रेष्ठले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यस्तो सहयोगले हौसला मिल्ने बताए। केन्द्रमा नौ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ।

यसैगरी सङ्घीय सांसद कलिला खानले व्यास नगरपालिकास्थित क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

सांसद खानले २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एक हजार सर्जिकल मास्क, ९५ थान एन–९५ मास्क, १० थान स्यानिटाइजर, १० थान चस्मा, ५०० थान पञ्जा सहयोग गरेका हुन्। उनले उक्त सामग्री नगरपालिकाका उपप्रमुख मीरा जोशीलाई हस्तान्तरण गरे।

यसैगरी सांसद खानले व्यास नगरपालिकाका विभिन्न क्वारेन्टिनको अनुगमन गर्दै त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् ।

साथै उनले दमौली अस्पतालका लागि सात थान पीपीई, जिल्ला प्रशासन तनहुँका लागि चार थान पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराए ।

More News last news
Loading...