काठमाडौ । गण्डकी प्रदेशका तीन जिल्लामा थप ३२ जनालाई कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार बाग्लुङमा १० जना, तनहुँमा १७ जना र पर्वतमा ५ जनामा संक्रमण भेटिएको हो ।
पर्वतका ५ जना संक्रमितहरु पर्वत जिल्ला अस्पतालमा कार्यरत ३ महिला र २ पुरुष रहेका छन् । संक्रमित सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
