गण्डकीमा थप २४ जनामा कोरोना पुष्टि, कास्कीमा मात्रै ५ थपिए

पोखरा । कास्कीमा ५ सहित शुक्रबार बिहान गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

शुक्रबार बिहान नवलपुरमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा र रुपामा गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।

Advertisement

संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन् । स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना खुलेको छैन ।

थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

More News last news
Loading...