नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित

काठमाडौं । अतिक्रमित लिम्पियाधुरा सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित भएको छ । बिहिबार बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोश्रो विधेयक दुई तिहाई बहुमतले पास गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकोले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे ।

Advertisement

यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो ।  अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।

विधेयक पारित हुनुअघि कानूनमन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दोश्रो संशोधन पास गर्न प्रस्ताव पेश गरेकी थिइन् । उनले सो विधेयकमाथि बोल्दै आएको दिन ऐतिहासिक भएकोले दिपावली गर्न आग्रह गरेकी थिइन् ।

उनले नेपालको स्वाभिमान र राष्ट्रियताको पक्षमा सबै दलहरु एकजुट भएर नेपाल बलियो रहेको सन्देश दिएको बताउँदै भारतसँग ऐतिहासिक तथ्यका आधारमा वार्ता गर्ने उल्लेख गरिन् । विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले लिम्पियाधुरा, कालापानी नेपालको रहेको तथ्यहरु प्रस्तुत गरेका थिए ।

More News last news
Loading...