पर्वतमा थप ५ जनामा कोरोना

काठमाडौं । पर्वत जिल्लामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पर्वत जिल्लाका कुश्मा नगरपालिका एक जना महिला र एक पुरुष, फलेबास नगरपालिका २ जना पुरुष र मोदी गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

Advertisement

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । यसअघि बिहिबार बिहान गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । संक्रमित हालसालै भारतबाट नेपाल फर्केका हुन् ।

More News last news
Loading...