काठमाडौं । एका बिहानै गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार तनहुँका १२ जना, नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) का १८ जना, गोरखाका ११ जना र मनाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
मनाङका १ जना संक्रमित कपिलबस्तुबाट फर्केका हुन् भने अरु सबै संक्रमित भारतबाट नेपाल आएका हुन् । मनाङमा पहिलो पटक संक्रमण भेटिएको हो । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् ।
अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
