काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप ५८६ जना थपिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।
हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
यी जिल्लामा थपिए नयाँ संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६–२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७र७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
