काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । जसमा ४ सय ९९ जना महिला र ६ हजार ९२ पुरुष रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाईसकेका छन् भने १ हजार १ सय ५८ जना उपचारपछि घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालका ७३ जिल्लामा फैलिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
