पोखरा । गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको बताए।
उनले पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार तथा वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको जनाएका छन।
बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू ३४ अरब ८४ करोड २१ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए।
जसमध्ये, चालुतर्फ रु १४ अर्व ३४ करोड २६ लाख ८४ हजार, तथा पुँजीगततर्फ रु १९ अर्व ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए।
यो बजेट प्रस्तुती संगै गण्डकी प्रदेशको आगामी २०७७/०७८ को बजेट आकार समेत बढेको छ । चालु आवमा ३२ अर्व १३ करोडको बजेट ल्याएका मन्त्री गुरुङले कोभिड १९ सक्रमण विरुद्ध लडन भन्दै आव २०७७/०७८ का लागि बजेटको आकार समेत बढाएका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
