काठमाडौं । नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । जसमा ४७१ जना महिला र ५ हजार ७ सय ४० पुरुष रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार १ लाख ३३ हजार ८ सय २९ क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १ सय ५१ आइसोेलेसनमा रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट १९ जनाले ज्यान गुमाईसकेका छन् भने १ हजार ४१ जना उपचारपछि घर फर्केका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
