तनहुँमा बिहानै ५ जनामा कोरोना पुष्टि, गण्डकीमा २०५ पुगे संक्रमित

काठमाडौँ । आज सोमबार बिहानै तनहुँका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तनहुँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ।

Advertisement

संक्रमितलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा लगिएकाे निर्देशनालयले जनाएको छ।

यस्तै, नवलपरासी (नवलपुर पूर्व) का एक २० वर्षीय युवककमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

सोमबार पुष्टि भएका संक्रमित बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए। अहिले उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ।

More News last news
Loading...