अब रेडियो र टेलिभिजनले पढाउने छ तपाईका नानीबाबुलाई (तालिकासहित)

काठमाडौं । सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।

लकडाउनका कारण लामो समय विद्यालय बन्द भएपछि विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो ।

Advertisement

शिक्षा मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जनाएको छ ।

More News last news
Loading...