थप एकजना कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु 

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका ३६ वर्षीय पुरुषको गएराती निधन भएको हो ।

Advertisement

यसअघि २ पटकसम्मको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी, पछिल्लो पटक जेठ २८ मा पठाईएको पिसिआर परीक्षणको रिपोर्ट आइनसकेको छैन् ।

मृतक पुरुष लामो समयदेखि क्यान्सर पीडित रहेकोले उपचारमा रहेको पनि उनले जानकारी दिए ।

More News last news
Loading...