काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्वास्थय मन्त्रालयले जनाएको छ । उनमा केोरोना पुष्टि भएको छ ।
यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
